कोरोना भाइरसको संक्रमणको विश्वब्यापि त्रासकाेस्थितलाई मध्यनजर गर्दै बोलिभियाको अदालतले त्यहाँ हुन लागेको आमनिर्वाचनलाई स्थगित गर्न निर्देशन दिएको छ।
मे ३ मा पूर्वराष्ट्रपति इभो मोरालेसको उत्तराधिकारीको निर्वाचन हुन लागेको थियो। मोरालेसले गत नोभेम्बरमा पदबाट राजीनामा गरेपछि राष्ट्रपतिको रिक्त पदका लागि त्यहाँ निर्वाचन हुन लागेको स्थानीय मिडियाले बताएका छन्।
बोलिभियाको राजनीतिक पार्टीसँग सम्वन्य गरेर चुनावको नयाँ मिति तोकिने निर्वाचन आयोगका प्रमुख आयुक्त साल्भाडोर रामेरोले बताएका छन्। बाेलिभियामा काेराेनाकाे १४ वटा मुद्धा देखिएकाे छ।