भारतस्थित नेपाल राजदूतावासले भारतमा रहेका नेपालीहरुलाई नियमित बसोबास भएकै स्थानमा सुरक्षित बस्न अपिल गरेको छ ।
दूतावासले सोमबार एक विज्ञप्ती जारी गर्दै अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेको हाे।
कोरोना संक्रमण फैलिन नदिनका लागि भारतका विभिन्न राज्यहरुले लक डाउन गरिसकेको अवस्थामा उक्त निर्देशनको सम्मान तथा पूर्णरुपमा पालन गर्दै आफू तथा आफ्नो परिवार भारतमै सुरक्षित भइबस्न दूतावासले आग्रह गरेको हो ।