एक महिनाकाे पारिश्रमिक प्रधानमन्त्री काेषलाई दिने सभामुख सापकोटा र सा‌ंसद यादवकाे घाेषणा

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न सरकारले गठन गरेको केन्द्रीय राहत कोषमा एक महिनाको पारिश्रमिक बराबरको रकम जम्मा गर्ने बताएका छन्। 

मन्त्रिपरिषदको बैठकले आइतबार सो कोष गठन गरी प्रधानमन्त्रीसहित मन्त्रीहरुको एक एक महिनाको तलब जम्मा गर्ने निर्णय गरेको थियो। सो कोषमा सरकारले ५० करोड रुपैयाँ जम्मा गरेका छन्।

संसद सचिवालयलाई सोमबार पत्र लेखेर सापकोटाले आफ्नो एक महिनाको पारिश्रमिक सो कोषमा जम्मा गर्न निर्देशन दिएका हुन्।

यता पर्सा क्षेत्र नं १ बाट निवार्चित समाजवादी पार्टीका सांसद प्रदिप यादवले पनि एक महिनाको पारिश्रमिक सरकारको खातामा हालिदिने घोषणा गरेका छन्।

सांसद यादवले सरकारले स्थापना गरेको कोषमा आ–आफ्नो तर्फबाट यथासामर्थ योगदान गर्न सबैमा अह्वानसमेत गरेका छन्। आपतविपतविरुद्ध लड्न सरकारले गर्ने हरेक निर्णयहरु पालना समेत गर्ने उनले प्रतिबद्दता जनाएका छन्। 

प्रकाशित मिति: : 2020-03-24 06:36:07

प्रतिकृया दिनुहोस्