इटालीमा सोमबार मात्र ६ सय २ ले ज्यान गुमाए, मर्नेको संख्या ६ हजार नाघ्यो

इटालीमा सोमबार मात्र थप ६ सय २ जनाले ज्यान गुमाएका छन्। कोरोना भाइरस संक्रमणका कारण इटालीमा मर्नेको संख्या अब ६ हजार ७७  पुगेको छ। पछिल्लो समय कोरोनाको ‘हटस्पट’ बन्दै गएको इटालीमा संक्रमणकारीको संख्या ६३ हजार ९ सय २८ पुगेको छ। 

गत शनिबार एकै दिन मर्नेको संख्या सर्वाधिक ७ सय ९३ पुगेको थियो। त्यो अनुपातमा सोमबार घट्दो क्रममा रहे पनि संकट अझै बाँकी रहेको बताइएको छ। 
 

प्रकाशित मिति: : 2020-03-24 20:05:28

प्रतिकृया दिनुहोस्