यूएईमा भिसा अवधि सकिए पनि कानुनी रुपमा नै बस्न पाउने

यूएईमा भिसा अवधि सकिएर स्वदेश फर्कन नपाएकाले कानुन अनुसार नै बस्न पाउने भएका छन्।

कोरोना भाइरसको संक्रमणका कारण विभिन्न देशले उडान रद्द गर्दै प्रवेशमा रोक लगाएसँगै नेपालीसहित अरू देशका नागरिक पनि स्वदेश फर्कन सकिरहेका छैनन्।

त्यसैले यस्तो अवस्थामा विदेशी नागरिकलाई युएई सरकारले समय थप गरिदिने र कानुनअनुसार नै बस्न पाउने व्यवस्था मिलाउने भएको छ।

यसका लागि केही दिनमै नयाँ प्रावधान जारी गर्ने भएकाले नआत्तिन यूएईले आग्रह गरेको छ।

यसैबीच युएईस्थित नेपाली दूतावासले कुनै समस्या भएमा दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति: : 2020-03-24 23:58:10

प्रतिकृया दिनुहोस्