आन्तरिक वायुसेवाका टिकट निःशुल्क फिर्ता हुने वा सार्न सकिने

वायु सेवा कम्पनीहरूले मुलुक लकडाउन अवधिसम्मका लागि काटिएका आन्तरिक हवाई सेवाका टिकट निःशुल्क फिर्ता गर्ने भएका छन्।

बुद्ध एयरले टिकट रिसेड्युल तथा टिकट फिर्ता लिन सम्बन्धित ट्राभल एजेन्सीमा सम्पर्क राख्न आग्रह गरेको छ । समिट एयरले समेट टिकट फिर्ता वा सार्न सकिने बताएको छ । यति एयरलाइन्सले समेत अवधिको टिकट फिर्ता वा सार्न सकिने बताएको छ।

नेपाल सरकारले मंगलबारबाट सुरू भएको साता व्यापी लकडाउनसँगै आन्तरिक हवाई उडान पूर्णतया बन्द भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडान एक साताका लागि बन्द गरिएको जानकारी दिएको छ। 

वायुसेवा कम्पनीहरुले समेत सार्वजनिक सूचना जारी गर्दै १८ चैतसम्म सबै उडान बन्द भएको जानकारी गराएका छन्। यससँगै काठमाडौंबाट हुने दैनिक ३ सय आन्तरिक उडान अवतरण ठप्प भएको हो ।

प्रकाशित मिति: : 2020-03-25 00:26:13

प्रतिकृया दिनुहोस्