एक हप्ताको लागि रामेछापमा निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय रामेछापले नोवेल कोरोना भाइरस कोडिभ-१९ को संक्रमणबाट सर्वसाधारणलाई जोगाउन एक हप्ताको लागि निषेधाज्ञा जारी गरेको छ।

रामेछापकी प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले एक सूचना जारी गरी संघीय सरकारको निर्देशन र जिल्ला सुरक्षा समितिको निर्णय अनुसार चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजे सम्म निषेधाज्ञा जारी गरेकी हुन् ।

प्रशासनले निषेधाज्ञाको समयमा औषधि उपचार, खाद्य बस्तु खरिद जस्ता अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्तिलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ ।

प्रकाशित मिति: : 2020-03-25 01:09:19

प्रतिकृया दिनुहोस्