कपिलवस्तु भित्रिएका ६ जना क्‍वारेन्टाइनमा

बिएल संवाददाता

काठमाडाै‌ं

कोरोना भाइरसको संक्रमण फैलिएको मुलुकबाट नेपाल प्रवेश गरेका ६ जनालाई स्थानीय प्रशासनले क्वारेन्टाइनमा राखेको छ। मुम्बईबाट आएका दुई जना र साउदी अरेवियाबाट आएका एक जनालाई क्वारेन्टाइनमा राखिएको हो।  

भारतको दिल्लीबाट भित्रिएका दुई छोरीसहित आमालाई तौलिहवास्थित महेन्द्र आधारभूत विद्यालयमा राखिएको कपिलवस्तु अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. किशोर बन्जाडेले जानकारी दिए। उनकाअनुसार कपिलवस्तु नगरपालिका ३ का ४३ वर्षीय इन्दिरा देवकोटा र उनकी दुई छोरीहरु मुना देवकोटा र कविता देवकोटालाई क्वारेन्टाइनमा राखिएको हो।

यस्तै साउदी अरेवियाबाट भारतको बाटो हुँदै आएका यशोधरा गाउँपालिका ७ सोमडीहका सत्य राम कलवारलाई पनि थप चेकजाँचका लागि क्वारेन्टाइनमा राखिएको उनले बताए। क्वारेन्टाइनमा राखिएका ६ जनालाई केही दिनको निरन्तर चेकअप र स्वास्थ्य अवस्थाको पहिचानपछि घर फर्काउने डा. बन्जाडेले जानकारी दिए।

यता मुम्बईबाट आएका यशोधरा गाउँपालिका ३ का २८ वर्षीय साबुद्दिन खान र यशोधरा गाउँपालिका ७ सोमडीहका कृष्ण गोपाल कलवारलाई क्वारेन्टाइनमा राखिएको छ।

तौलिहवामा रहेका २ जनालाई भने मंगलबार घर फर्काइएको छ। ६ दिनसम्मको निरन्तर चेक अप र स्वास्थ्य परीक्षणबाट उनीहरुमा कोरोना भाइरस संक्रमणको थप लक्षणहरु नभेटिए पछि घर मै स्वक्वारेन्टाइनमा बस्ने गरी रिफर गरिएको उनले बताए।

प्रकाशित मिति: : 2020-03-25 01:50:04

प्रतिकृया दिनुहोस्