पोखरामा यशुले कोरोना नास गर्छ भन्दै प्रचार गर्ने पास्टर पक्राउ

कोरोना भाइरस संक्रमणको बेला धर्मको प्रचार-प्रसार गरेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

यशुका अनुयायी बने कोरोना भाइरसले छुँदैन भन्दै भ्रम फैलाउने जुम्ला घर भएर हाल पोखरा महानगर-३२, खुदी सुकुम्बासी टोल बस्दै आएका केशव आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनलाई पोखरा महानगरपालिका २९ पावर हाउसबाट नियन्त्रणमा लिइएको हो । 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी राजकुमार केसीका अनुसार राज्यले नै चासो दिएको विषयमा सर्वसाधरणलाई यशुको नाम लिएर भ्रम सिर्जना गरेकोले नियन्त्रणमा लिएको हो।

आचार्यले यशुको अनुयायीलाई कोरोना भाइरसले नछुने प्रवचन दिएका थिए। आचार्य प्रशस्त कटनी मण्डलीका पास्टर हुन्।

प्रकाशित मिति: : 2020-03-25 03:04:38

प्रतिकृया दिनुहोस्