भारतीय प्रधानमन्त्री मोदीले आज देशबासीलाई सम्बोधन गर्ने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राती देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्। विश्वभर महामारीको रुप लिएको कोरोनाको संक्रमण देशभित्र बढेपछि मोदीले सम्बोधन गर्न लागेका हुन्। 

मोदीले सामाजिक सन्जालमार्फत दिएको जानकारीअनुसार उनले राती सवा ८ बजे सम्बोधन गर्नेछन्।

भारतमा कोरोना भाइरसका कारण हालसम्म १० जनाको ज्यान गएको छ। पाँच सय १० जना संक्रमित भेटिएकामा ३७ जना निको भएका छन्।

प्रकाशित मिति: : 2020-03-25 04:21:15

प्रतिकृया दिनुहोस्