लकडाउन उल्लंघन गर्ने ७ सय २४ जना पक्राउ

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले घोषणा गरेको लकडाउन बेवास्ता गर्दै जथाभावी बाहिर निस्कने ७२४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। हुलहुज्जत गरेर सडकमा निस्किएका उनीहरुलाई विभिन्‍न जिल्लाबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले बताए ।

माइकिङ गरेर सर्वसाधरणालई घरबाट ननिस्कन आग्रह गरिएको तर त्यसलाई उलंघन गरेपछि नवलपरासीबाट २ सय ५१, कपिलवस्तुबाट १ सय २३ र दाङमा ३ सय ५० जना गरी ७ सय २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको डीआईजी क्षेत्रीले जानकारी दिए।

पक्राउ परेका सबैलाई कोरोना संक्रमणको सम्भावित जोखिमबारे सम्झाइबु–झाइ छाडिएको उनले बताए । अन्य स्थानमा भने नागरिक आफैं सचेत भएर लकडाउनको पालना गरेको उनले जनाए ।

सोमबार नेपालमा एकजनामा कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले रोग फैलन नदिन मंगलबार बिहानैबाट लागु हुनेगरी लकडाउनको घोषणा गरेको थियो।
 

प्रकाशित मिति: : 2020-03-25 06:58:21

प्रतिकृया दिनुहोस्