डोल्पालीहरु नेपालगन्जमा अलपत्र

अहिलेसम्म नेपालमा दुई जनालाई कोरोना संक्रमण भए पनि एक जना स्वस्थ्य भएर घर गइसकेका छन्। अर्की एक १९ वर्षे युवतीको उपचार भइरहेको छ।

चीनबाट सुरू भएर विश्वभर फैलिएको कोरोनाको बढ्दो संक्रमण रोक्न नेपाल सरकारले आगामी सातासम्म लकडाउन गरेको छ।

अहिलेसम्म नेपालमा दुई जनालाई कोरोना संक्रमण भए पनि एक जना स्वस्थ्य भएर घर गइसकेका छन्। अर्की एक १९ वर्षे युवतीको उपचार भइरहेको छ।

सरकारले घोषणा गरेको मुलुकभर लकडाउनका कारण हजारौं यात्रु बिच बाटोमै अलपत्र परेका छन्।

सरकारले पूर्व सूचना बिना गरेको लकडाउनले दर्जनौं डोल्पालीहरू नेपालगन्जमा अलपत्र परेका छन्। अलपत्र पर्नेमा ८० वर्षका बृद्धादेखि १३ दिनकी सुत्केरी र विद्यार्थीलगायत छन्।

मंगलबार डोल्पा जाने तयारीमा नेपालगन्जमा रहेका उनीहरू सरकारको आकस्मिक निर्णयले अलपत्र परेको काइके गाँउपालिका ३ का जगबहादुर बुढाले बताए।

सरकारले २५ जना भन्दा बढी एकै ठाउँमा जम्मा हुन निषेध गरे पनि नेपालगन्जको दुई वटा होटेलमा ४०-५० जना छन्।

अलपत्र पर्नेमा अधिकांश उपल्लो डोल्पाका छन्।

अधिकांशको मंगलबार बिहान हवाइ जहाजको टिकट थियो भने केहीले बसको टिकट काटेका थिए।

अचानक गरेको सरकारी निर्णयबाट उनीहरू प्रत्यक्ष प्रभावित भएको बुढाले जानकारी दिए।

अबको एक हप्ता नेपालगन्ज बस्नुपरे खाना र बस्न समस्या पनि हुने र आफूसँग भएको पनि पैसाले नपेर बिजोक हुने उपल्लो डोल्पाकी ६० वर्षीय कार्मा टासी गुरूङले गुनासो गरिन्।

प्रकाशित मिति: : 2020-03-25 10:18:25

प्रतिकृया दिनुहोस्