प्रदेशका सभामुख र उपसभामुखको तलब राहत कोषमा

रासस

रुपन्देही

प्रदेशसभा प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्ती र उपसभामुख कृष्णी थारुले एक महिनाको पारिश्रमिक प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा जम्मा गरेका छन्।

सभामुखको सचिवालयले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै सभामुख घर्ती र उपसभामुख थारुले राहत कोषमा तलब  जम्मा गर्ने निर्णय गरिएको जानकारी गराएको हो।

कार्यव्यवस्था परामर्श समितिको बैठकले भाइरस नियन्त्रणको लागि सभामुख र उपसभामुखले एक महिनाको पारिश्रमिक र सांसदले १५ दिनको पारिश्रमिक प्रदेश सरकार राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

यस्तै नेपाली काँग्रेसका सांसदले पनि १५ दिनको तलब राहत कोषमा जम्मा गर्ने भएका छन्। काँग्रेस संसदीय दलको निर्णयअनुसार काँग्रेसका सबै प्रदेशसभा सदस्यले रकम जम्मा गर्ने काँग्रेस संसदीय दलका सचेतक निर्मला क्षेत्रीले जानकारी दिए। यसअघि नेकपाका सांसदले १५ दिनको तलब कोषमा राख्ने घोषणाा गरेका थिए ।

प्रकाशित मिति: : 2020-03-25 10:21:52

प्रतिकृया दिनुहोस्