कोरोना प्रभाव : पत्रकारलाई मास्क हस्तान्तरण

प्रतिनिधिसभा सदस्य एव नेकपा नेत्री कलिला खानले नेपाल पत्रकार महासङ्घलाई एक सय थान मास्क उपलब्ध गराएका छन्।

सांसद खानले उक्त मास्क पत्रकार महासङ्घ तनहुँका अध्यक्ष ओमकार आर्चायलाई हस्तान्तरण गरेका हुन्।

'पत्रकारहरू सूचना सङ्कलन गर्ने क्रममा कोभिड– १९ को संक्रमणको उच्च जोखिम रहेकाले महासङ्घमार्फत पत्रकारलाई मास्क वितरण गरिएको हो' उनले भने।

 सरकारले सेल्फ क्वारेन्टाइनमा बस्नका लागि आग्रह गरिरहे पनि समाचार सम्प्रेषणका लागि दैनिक रूपमा व्यक्तिको सम्पर्कमा आउनुपर्ने महासङ्घका अध्यक्ष आचार्यको भनाई छ। 'तत्कालको अवस्थाबाट बच्नका लागि मास्क सहयोगी बनेको छ' उनले भने।

प्रकाशित मिति: : 2020-03-25 11:11:21

प्रतिकृया दिनुहोस्