न्युयोर्कमा ज्यान गुमाएका अनिलको जेठो छोरो पनि कोरोना संक्रमित, अस्पताल भर्ना

बिएल संवाददाता

न्युयाेर्क

कोरोना संक्रमणका कारण न्युयोर्कमा  ज्यान गुमाएका अनिल लिम्बुका २२ वर्षिय जेठो छोरोमा पनि कोरोना संक्रमण देखिएको छ।  एक्कासी अत्याधिक ज्वरो आएपछि उनलाई स्थानीय समय अनुसार मंगलबार दिउसो एल्महस्र्ट अस्पताल लगिएको छ। अहिले उनको त्यही उपचार भैरहेको छ।

उनमा केही दिनदेखि नै रो आउने, खोकी लाग्ने र टाउको दुख्नेजस्ता कोरोना संक्रमणका लक्षण देखिएका थिए। घरमै आइसोलेसनमा रहेका उनको  स्थिति बिग्रदै गएपछि अस्पताल भर्ना गरिएको हो ।

मृतक अनिलको परिवारका अन्य सदस्य भने घरमै आराम गरिरहेको बताइएको छ।
 

प्रकाशित मिति: : 2020-03-25 19:32:25

प्रतिकृया दिनुहोस्