काेराेना संत्राश: गगन थापाले लेखे प्रधानमन्त्रीलाई खुला पत्र

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोना भाइरस अर्थात कोभिड–१९को संक्रमणविरुद्धको लडाइमा सरकारले अहिले गरिरहेको कामहरु पर्याप्त नभएको भन्दै ध्यानाकर्षण गराएका छन्।

उनले तत्काल गर्नैपर्ने विषयमा ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र लेखेका छन्।

‘कोरोना संक्रमण विरुद्धको यो लडाइँमा हरपल तपाईंको साथमा छु। हामी जे गरिरहेका छौं, पर्याप्त छैन। जसरी गरिरहेका छौं, यही तरिकाले यो महासकंटबाट पार पाउन सकिन्न’, थापाले भनेको छन्, हामीले तत्कालै गर्नैपर्ने केही विषयमा ध्यानाकर्षण गराउन यो पत्र लेखेको छु।’

यस्तो छ नेता थापाले प्रधानमन्त्रीलाई लेखेको पत्र....

प्रकाशित मिति: : 2020-03-26 01:07:35

प्रतिकृया दिनुहोस्