लकडाउन अवज्ञा हुन थालेपछि पाल्पाले निषेधाज्ञा

सरकारले गरेको लकडाउन अवज्ञा हुन थालेपछि जिल्ला प्रशासन कार्यालय पाल्पाले निषेधाज्ञा जारी गरेको छ। 

कोरोना भाइरसको सङ्क्रमण रोकथाम गर्न लकडाउनको अवज्ञा गरेपछि जिल्ला प्रशासन कार्यालयले मङ्गलबार दिउँसो ३ बजेदेखि चैत १८ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो। प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न प्रशासनले निषेधाज्ञा जारी गरेको जानकारी दिए।

निषेधाज्ञा अवज्ञा गर्नेलाई ऐनअनुसार कारबाही गरिने उनले बताए।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम नोबेल कोरना भाइरसको सङ्क्रमण रोक्न निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रकाशित मिति: : 2020-03-26 01:43:18

प्रतिकृया दिनुहोस्