सुत्नु अघि गर्नुहोस्, यी कार्य 

बेलुकाको खाना खाइसके पश्च्यात अधिकांश जसो मानिसहरूको सुत्ने बानी हुन्छ। तर खाना खाने बितिकै सुत्नु स्वास्थ्यको लागि भने फाइदाजनक हुँदैन्। त्यसैले खान खाएपछि वा सुत्नु अघि केहि यस्ता काम गरेमा मिठो निन्द्रा पार्नकासाथै स्वास्थ्यका लागि पनि फाइदा साबित रहन्छ। त्यसैले आउनुहोस् चर्चा गरौं। सुत्नुअघि गर्नु पर्ने कामका बारेमा।

शारीरिक व्यायाम : 
नियमित व्यायाम गर्नु भनेको स्वास्थ्यको लागि फाइदा साबित हुनु हो। त्यसैले सुत्नु अघि पनि व्यायाम गर्ने हो भने यसले निन्द्रा पनि राम्रोसंग पर्ने गर्छ। 

आराम गर्ने :
यदी तपाई लेख्ने, पढ्ने वा कम्प्युटरमा काम गरी रहनु भएको छ भने सुत्नु भन्दा आधा घण्टा पहिले आराम गर्नुहोस्। जसले गर्दा तपाइको सबै थकान मेटिएर रिल्याक्स महशुस हुन्छ।
 
मन तातो दुध पिउने :
यदी तपाईलाई रातको समयमा हत्तपत्त निन्द्रा लाग्दैन् भने मनतातो दुध पिउने गर्नुहोस्। जसकारण तपाईलाई निद्रा लाग्न मद्वत मिल्छ। सकिन्छ भने सुत्नु भन्दा एक डेढ घण्टा पहिले मन तातो पानीले नुहाउनु पनि फाइदाजनक साबित हुन्छ।

धुम्रपान नगर्ने :
सुत्नु अघि धुम्रपान गर्नु हुँदैन्। यसको सेवन गर्नाले मस्तिस्कमा एक प्रकारको उत्तेजना वढाउँछ र निद्रा आउन वाधा पार्छ। सुत्न अघि भन्दा १/२  घण्टा अगाडि यस्ता पदार्थ प्रयोग नगर्दा निद्रा राम्रोसंग लाग्न सक्छ।

प्रकाशित मिति: : 2020-03-26 10:49:30

प्रतिकृया दिनुहोस्