कोरोनाबाट थप एक नेपालीको लण्डनमा मृत्यु

लण्डनमा अर्का एक नेपालीले पनि कोरोना (कोभिड-१९) भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन्। साउथ इस्ट लण्डनका ४० वर्षीय प्रशान्त अर्यालको कोरोना संक्रमणबाट मृत्यु भएको अस्पतालले पुष्टी गरेको छ।

गत सोमबार बिहान निधन भएका निधन भएका अर्याललाई बुधबार मात्र अस्पतालले कोरोना संक्रमणबाट मृत्यु भएको परिवारलाई बताएको थियो।

केही दिनदेखि सामान्य ज्वरो र खोकीलगायतका लक्षण देखा परेका उनलाई गत शनिबार बिहान ४ बजे अकस्मात घरमै चक्कर लागेपछि अस्पताल लगिएको थियो। स्थानीय क्वीन एलिजावेथ अस्पतालमा उपचारकै क्रममा सोमबार बिहान २ बजे उनको निधन भएको थियो।

दुई दशक भन्दा लामो समयदेखि लण्डनमा बस्दै आएका अर्यालको पुर्खौली घर चितवन हो। अर्यालका श्रीमती, ११ वर्षकी छोरी र ९ वर्षका छोरासहित लण्डनमा बस्दै आएका थिए।

यसअघि गतसाता लण्डनकै ह्यारोका ६५ वर्षीय भूपू गोर्खा लिलाबहादुर राईको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो।

प्रकाशित मिति: : 2020-03-27 04:16:42

प्रतिकृया दिनुहोस्