बेलायतमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि यहाँ मर्नेको संख्या पनि उत्तिकै देखिएको छ। पछिल्लो रिपोर्टअनुसार प्रत्येक १३ मिनेटमा एक बेलायतीले ज्यान गुमाएका छन्।
बेलायतको स्वास्थ्य मन्त्रालयले बिहीबार सार्वजनिक गरेको रिपोर्टमा संक्रमणबाट ५ सय ७८ जनाले ज्यान गुमाइसकेका छन्। बिहीबार मात्र १ सय १३ जनाको ज्यान गएको हो। हाल बेलायतमा ११ हजार ६ सय ५८ जनामा कोरोना भाइरसको संक्रमण सकारात्मक फेला परेको छ।
स्थानीय प्रहरीले ‘लकडाउन’ को आदेश नमान्ने चालकहरूलाई महंगो जरीवाना तिराएका छन्।