चिनियाँ जनता सधैं नेपाली जनताको साथमा छन्

नेपालन्यूज

काठमाडौँ

प्रा.डा. वाङ चुङ
नेपाल एउटा भूपरिवेष्ठित देश हो। त्यसको उत्तरमा जनगणतन्त्र चीन पर्दछ भने त्यसको पूर्व, पश्चिम तथा दक्षिणतिर भारतले घेरा गरेको छ। नेपालको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाललाई परेको यस्तो भूराजनीतिक परिस्थितिलाई ‘दुई ढुङ्‍गाबीचको तरुल’ भनेका छन्।

पहिलाको परिस्थितिले साना देश नेपालले उत्तर र दक्षिणतिरका दुई विशाल शक्तिराष्ट्रको सामना गर्नुपरेको अवस्था दर्शाएको थियो र नेपालको सार्वभौमिकता र स्वतन्त्रता तथा राष्ट्रिय हितको सुरक्षाका लागि कहिले भारतसँग ‘विशेष सम्बन्ध’ राख्नुपरेको थियो भने कहिले दुवै छिमेकी देशसँग सन्तुलित सम्बन्ध राख्नु परिरहेको छ। दुवै छिमेकी राष्ट्रहरूबीचको सम्बन्ध सुमधुर रहेमा नेपालको स्थिति पनि अलिक राम्रो हुने र दुवै छिमेकी राष्ट्रहरूबीचमा झगडा परेमा नेपालले पनि बीचमा बसेर कुनै छिमेकी राष्ट्रको गाल खानुपर्दथ्यो। तर जे होस्, कुनचाहिँ छिमेकी निकै झगडालु रहेछ कुनचाहिँ छिमेकी समझदारी रहेछ नेपालीहरूको दिमागमा गहिरो छाप लागिएको विश्वास छ।

प्रकाशित मिति: : 2020-03-28 06:55:37

प्रतिकृया दिनुहोस्