फ्रान्सबाट फर्किएकी कोरोना संक्रमित युवती डिस्चार्ज, घरमा टपरीमा खान्छिन् खाना

लोकान्तर

काठमाडाै‌ं

फ्रान्सबाट  फर्किएकी कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित १९ वर्षीया नेपाली युवती निको भएर डिस्चार्ज भएकी छन्। 

ती युवतीलाई कोरोनाको संक्रमण भएको पुष्टि गत सोमबार गरिएको थियो। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारार्थ रहेकी उनी पूर्ण रुपमा निको भएर बिहीबार बिहान ११ बजेर ४२ मिनेटमा डिस्चार्ज भएकी हुन्।

गत चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौँ आएकी ती युवती ‘सेल्फ क्वारेन्टाइनमा’ बसेकी थिइन्। काठमाडौँ महानगरपालिका ४ चुनदेवीकी ती युवती सेल्फ क्वारेन्टाइनमा बसिरहँदा सुख्खा खोकी बढेपछि गत शुक्रबार ट्रपिकल अस्पतालमा भर्ना भएकी थिइन्। उनी फ्रान्समा व्यापार ऐन व्यवस्थापन विषयमा अध्ययनरत छिन्।

१४ दिन निगरानीमा राख्ने गरिएकाले उनी चुनदेवीस्थित आफ्नै घरमा ‘सेल्फ क्वारेन्टाइन’ मा छिन्।

प्रकाशित मिति: : 2020-03-28 11:35:57

प्रतिकृया दिनुहोस्