नेपालमा रहेका युरोपका नागरिक स्वदेश फर्किए

बिएल संवाददाता

काठमाडाै‌ं

नेपालमा रहेका जर्मनीसहित केही युरोपियन युनियन देशका नागरिकलाई स्वदेश फर्किएका छन्। युरोपियन युनियनसँगै जर्मन सरकारको विशेष अनुरोधमा नेपालमा रहेका ती देशका नागरिकलाई स्वदेश फर्किएका हुन्। 

जर्मनीबाट शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको विमान केहिबेरअघि जर्मनीसहित केही युरोपियन युनियन देशका नागरिक लिएर फर्किएको अध्यागमन विभागका वरिष्ठ अध्यागमन अधिकृत एवं सूचना अधिकारी राजेश पन्थीले जानकारी दिए। 

उनका अनुसार फ्रान्सबाट आएको अर्को विमानले युरोपियन युनियनसँगै फ्रान्सेली नागरिक लैजाने तयारी गरेको छ ।

सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि ‘लकडाउन’को घोषणा गरेको बेला जर्मन सरकार र युरोपियन युनियनले अनुरोध गरेपछि उनीहरुलाई फर्काउने तयारी भएको हो । 

यसअघि हिजो ३ सय ४ जना यात्रु लिएर कतार एयर दोहा हुँदै जर्मनीको फ्रयाङ्कफर्ट उडेको थियो । नेपाल आएका वा आउन लागेका विमानमा यात्रु ल्याउन भने पाइने छैन ।

प्रकाशित मिति: : 2020-03-29 01:10:24

प्रतिकृया दिनुहोस्