सरकारलाई नेपाल उद्योग परिसंघ र एकीकृत व्यापार कम्पनीले दियाे १४० ‘पीपीई’

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारलाई नेपाल उद्योग परिसंघले सर्जिकल मास्क र पीपीई (कोरोना भाइरसविरुद्ध लडाइँको अग्रिम मोर्चामा जुध्ने चिकित्सकको पोशाक पर्सनल प्रोटेक्टिभ इक्युप्मेण्ट) सहयोग गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार नेपाल उद्योग परिसंघले करिब ७५ हजार सर्जिकल मास्क र १०० वटा पीपीइ सहयोग गरेको हो।

यस्तै एकीकृत व्यापार कम्पनीले ४० वटा ‘पीपीई’ सहयोग गरेको जानकारी दिए।

शनिबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन प्रवक्ता डा देवकोटाले हालसम्म ८७५ वटा टेस्ट भएको र ३२ वटा परीक्षणका क्रममा रहेको जानकारी दिए।

टेकु अस्पतालमा १० जना आइसोलेसनमा रहेको उनले बताए।
 

प्रकाशित मिति: : 2020-03-29 06:19:14

प्रतिकृया दिनुहोस्