कोरोना महाव्याधिबाट बच्न धैर्य गरौं

नेपाल लाइभ

काठमाडा‌ै‌ै

गौरीबहादुर कार्की

धनीगरिब, ठूलोसानो नभनी कोरोना भाइरस (कोभिड-१९)ले सबैलाई गाँजेको छ। यो महाव्याधिको सन्त्रास विश्वव्यापी भइरहेको छ। नेपालमा पनि पाँच जनामा यो संक्रमण देखिइसकेको छ।

दुई महिना अगाडि चीनबाट फर्किएका नेपालमा कोरोनाबाट संक्रमित एक जना भेटिएको थियो। उपचारपछि ठीक भयो। त्यसपछि काठमाडौं, धादिङ तथा धनगढी र बाग्लुङ गरी अन्य चार जनामा पनि संक्रमण पुष्टि भइसकेको छ। संक्रमण देखिएकासँग सम्पर्कमा रहेकाहरुको खोजी र परीक्षण चलिरहेको छ।

 

प्रकाशित मिति: : 2020-03-29 08:09:28

प्रतिकृया दिनुहोस्