अमेरिकामा कोरोनाविरूद्ध युद्ध जारी,  ३,२३१ युद्धमोर्चामा कोरोना पराजित

अमेरिकामा ३२३४ ले कोरोना संक्रमणमाथि जीत हात पारेका छन्। यो संख्या कोरोना संक्रमणबाट मुक्त भएर घर फर्केका अमेरिकीको पछिल्लो सङख्या हो ।

यो समाचार तयार पारून्जेल अमेरिकामा १२१,०६६ मानिस कोरोनासँग युद्ध लडिरहेका छन्। यो युद्धको धेरै मोर्चामा कोरोनाको हार हुने निश्चितप्राय: छ। 

अहिलेसम्म कोरोनाले अमेरिकाका २,०२० युद्धमोर्चामा मात्र जित हात पारेको छ। यसको अर्थ अमेरिकाले अहिलेसम्म गुमाएका आफ्ना प्रियजनको सङख्या २,०२०  हो । उनीहरूले कोरोनासँग आत्मसमर्पण गरेका हैनन्, ऊसँग युद्ध लड्दालड्दै वीगति मात्र प्राप्त गरेका हुन्। 

अमेरिकामा कोरोना र अमेरिकाबासीबीच ११२१,०६६ युद्धमोर्चामा युद्ध जारी छ। अहिलेसम्म कोरोना ३,२३१ युद्धमोर्चा हारिसकेको छ भने उसले जितेको यद्धमोर्चाको संख्या २,०२०  मात्र छ।

यसैगरी अमेरिकाको कोरोना संक्रमणको इपिसेन्टर मानिएको न्युयोर्कमा पनि धेरै युद्धमोर्चामा कोरोना हारेको छ। उसले अहिलेसम्म ७२८ मोर्चामा मात्र जीत हात पारेको छ।

अहिले त्यहाँ कोरोनाले ५२३१८ लाई युद्धका लागि आमन्त्रण गरे पनि ४८,८६४ युद्धमोर्चामा मात्र युद्ध भैरहेको छ। 

यी हरेक युद्धमोर्चामा न्युयोर्करहरू उच्च मनोबलका लागि लडिरहेका छन् । यो युद्धमा उनीहरुको जीत निश्चितप्राय: छ। 

प्रकाशित मिति: : 2020-03-29 17:18:27

प्रतिकृया दिनुहोस्