त्रस्त नबनौं, महामारीसँग लडौं

डा. कञ्चन दाहाल, मनोचिकित्सक । विश्व नोभल कोरोना भाइरस (कोभिड–१९)को सन्त्रासमा छ। संसारभर तीव्र गतिमा फैलिरहेको यो भाइरस संक्रमणको जोखिमलाई घटाउन नेपाल सरकारले लकडाउन गरेको छ।

विपद्को यस घडीमा बालबालिकादेखि वृद्धवृद्धासम्म जुनसुकै उमेर समूहका व्यक्तिलाई घरभित्र बसेर समय कटाउन मुस्किल परिरहेको छ। घरभित्रै बस्दा पनि सञ्चारमाध्यममा देखाइने संक्रमण र मृत्युका खबरले मन त्यसै त्रसित भएको पाइन्छ। तरकारी वा खाद्यान्न जोहो गर्न साँझपख बाहिर निस्किएका महिला एवं पुरुषमा पनि बजारमा भेटिने दुई–चार जनाबाटै पनि आफूलाई कोरोना सरिहाल्ने हो कि भन्ने मनोवैज्ञानिक त्रास देखिन्छ।

प्रकाशित मिति: : 2020-03-29 20:20:17

प्रतिकृया दिनुहोस्