पचास श्रमिकको उद्दार

रासस

सप्तरी

सप्तरीको पूर्व–पश्चिम राजमार्गको विभिन्न ठाउँमा अलपत्र परेका श्रमिकको उद्दार गरिएको छ। सरकारले गरेको ‘लकडाउन’का कारण विभिन्न कारखानामा काम गर्ने ५० जना श्रमिकको सप्तरीबाट उद्दार गरी आ–आफ्नो घर पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिए।

कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले गएको मङ्गलबारदेखि देशैभरि लकडाउन गरेपछि खाद्यान्न तथा यातायात नपाउँदा श्रमिक अलपत्र परेका थिए। 

मोरङ, सुनसरी र सप्तरीको विभिन्न कारखानामा कार्यरत मजदुर यातायात नपाउँदा घरका लागि पैदल नै हिँडेका थिए। उनीहरुलाई प्रहरीले विभिन्न स्थानीय तहसँग समन्वय गरी उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

सडकमा पैदल हिँडिरहेका श्रमिकलाई नास्ता खुवाई सर्लाहीको लालबन्दीसम्म पठाइएको जिप्रकाका प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए। 

प्रनाउ भारतीका अनुसार उद्दार गरिएका सर्लाहीका ३८, रौतहट, बारा र सिरहाका चार÷चारजना श्रमिकलाई आ–आफ्नो गृह जिल्ला पठाइएको हो। 

सरकारले ‘लकडाउन’ गरेपछि र कारखाना बन्द भएपछि खाद्यान्न अभावमा समस्यामा परेर घरका लागि पैदल नै हिँडेका श्रमिकलाई सडकमा फेला पारेपछि कञ्चनरुप नगरपालिका र रुपनी गाउँपालिकासँग समन्वय गरी सम्बन्धित ठाउँमा पठाउन पहल गरिएको बताए। 

गृह मन्त्रालयको आदेशमा ना१क ६२६७ नं टिपरलाई पास उपलब्ध गराएर श्रमिकलाई सर्लाहीको लालबन्दी जानका लागि अनुमति दिइएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताए।

प्रकाशित मिति: : 2020-03-30 01:22:23

प्रतिकृया दिनुहोस्