कोरोना परीक्षणमै भेदभाव : ‘भीआईपी’ व्यक्तिको जाँच फटाफट, सर्वसाधारणलाई बेवास्ता !

लोकान्तर

काठमाडौँ
अजय अनुरागी

कोरोना भाइरस संक्रमणको त्रास बढिरहेका बेला वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले पहुँच नभएका व्यक्तिको स्वास्थ्य जाँच नै नहुने गरेको आरोप लगाए । उनले राजधानीकै अस्पतालमा शंकास्पद व्यक्तिको कोरोना जाँच नगरिएको दाबी गरेका थिए ।

‘सरकारसँग कोरोना भाइरसको परीक्षण गर्ने पर्याप्त किट नै छैन । अझ खतरनाक कुरा जो जति किट छ रे त्यो खाली भीआईपीको लागि, त्यो कति सत्य हो त्यो चाहिँ भन्न सक्दिनँ,’ उनले सार्वजनिक कार्यक्रममै भनेका थिए । काठमाडौंमा वरिष्ठ चिकित्सकले व्यक्त गरेको समस्या प्रदेश २ मा समेत देखिएको छ ।

प्रकाशित मिति: : 2020-03-30 02:17:32

प्रतिकृया दिनुहोस्