लकडाउनको बेला राहत दिनुपर्‍याे भनेर चिच्याउँदा अधम सरकारले सुनेन: डा. भट्टराई

बिएल संवाददाता

काठमाडाै‌ं

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि  लकडाउन गरेको सरकारले विपन्न वर्गका लागि राहतको प्याकेज नल्याएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आक्रोश व्यक्त गरेका छन्।

राहतको घोषणाका लागि चिच्याएर आग्रह गर्दा समेत नुसन्ने सरकारलाई डा. भट्टराईले अधमको संज्ञा दिएका छन्।

‘उत्तम मान्छेले आफैले जानेर गर्छ रे! मध्यमले अरूले भनेको मानेर गर्छ रे अधमले आफू पनि जान्दैन अरूले भनेको पनि मान्दैन रे। दिनहुँ ज्यालामजदूरी नगरे साँझविहान हातमुख जोर्न नसक्ने लाखौं मान्छेलाई लकडाउनको बेला राहत दिनुपर्यो भनेर यति चिच्याउँदा पनि यो अधम सरकार किन तयार नभएको होरु ’ बाबुरामले प्रश्न गर्दै भनेका छन्, ‘खबरदार!’

उत्तम मान्छेले आफैले जानेर गर्छ रे!मध्यमले अरूले भनेको मानेर गर्छ रे!अधमले आफु पनि जान्दैन अरूले भनेको पनि मान्दैन रे!दिनहुँ ज्यालामजदूरी नगरे साँझविहान हातमुख जोर्न नसक्ने लाखौं मान्छेलाई लकडाउनको वेला राहत दिनुपर्यो भनेर यति चिच्याउँदा पनि यो अधम सरकार किन तयार नभएको हो?खबरदार!

— नियमित हात धोऔं / Wash your hands ! (@brb1954) March 28, 2020
प्रकाशित मिति: : 2020-03-30 02:18:03

प्रतिकृया दिनुहोस्