दुर्गममा स्वास्थ्यकर्मी : पिठ्यूँमा ‘स्पिकर’ बोकेर कोरोनाबारे सचेतना

महेश न्यौपाने

 कोरोना भाइरस (कोभिड १९) को गति यस्तो छ कि, थाहा छैन यो कुनबेला कहाँ पुग्छ। यसबाट जोगिने अहिलेसम्म एउटै मात्र उपाय छ-सचेत हुने। सहरमा सञ्चारको सुविधा र सामाजिक सञ्जालकै सही सूचनाले पनि धेरैले के गर्न हुन्छ र के हुँदैन भन्ने बुझिरहेकै छन्। तर दुर्गम गाउँको अवस्था त्यस्तो छैन। 

स्थानीयहरु रोजगारीका लागि खाडीका देशदेखि, भारत तथा काठमाडौंका ईंटा भट्टासम्म पुगेका रोल्पा लुंग्री गाउँपालिकामा भने सचेतनाको स्तर अहिले फेरिएको छ। कोरोना भाइरसको जोखिमबाट कसरी सुरक्षित रहन सकिन्छ भन्ने यहाँका बासिन्दाले हरेक दिन सहि सूचना सुनिरहेका छन्।

प्रकाशित मिति: : 2020-03-30 03:00:14

प्रतिकृया दिनुहोस्