दशजगामा अलपत्र परेकाहरु नेपाली नागरिक प्रमाणित भए प्रवेश दिइने

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिने भएको छ। तर उनीहरु स्थानीय तहले बनाएको क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्नेछ ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले यो निणर्य गरेको हो।

भारतीय सुरक्षाकर्मीले नेपालतर्फ पठाएका तर सीमा नाका बन्दका कारण दशगजा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिने निर्णय गरेको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले बताए ।

‘नेपाली नागरिक भएको प्रमाणित भएपछि नेपाल प्रवेश दिइनेछ’, उनले भने,‘साथै उनीहरुलाई स्थानीय तहले बनाएको क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने व्यवस्था मिलाइनेछ ।’

प्रकाशित मिति: : 2020-03-30 05:05:45

प्रतिकृया दिनुहोस्