लकडाउनमा क्रिकेट नखेल्न आग्रह गर्दा प्रहरीमाथि कुटपिट, एक घाइते

बारामा लकडाउन उल्लंघन गर्ने एक समूहले प्रहरीमाथि कुटपिट गरेको छ।

बाराको परवानीपुर गाउँपालिका ५ गण्डक चोकमा क्रिकेट खेलिरहेको ८/९ जनाको समूहलाई सम्झाउने क्रममा प्रहरीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको  छ।

प्रहरीका अनुसार लकडाउनको समयमा क्रिकेट नखेल्न सम्झाउँदा परवानीपुर गाउँपालिका ५ नौतन बहुअरीका २७ वर्षका गणेशकुमार साहले प्रहरीलाई क्रिकेटको ब्याटले हिर्काएका थिए।

ब्‍याटले लागेर एक प्रहरी हवल्दार घाइते भएका छन्। साहलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको  छ।

प्रकाशित मिति: : 2020-03-30 07:03:09

प्रतिकृया दिनुहोस्