सरकारले बनायाे ‘कोरोना १९ क्रासिस म्यानेजमेन्ट टिम’

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको कामलाई प्रभावकारी बनाउन कोरोना १९ क्रासिस म्यानेजमेन्ट टिम बनाएको छ। 

सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको कामलाई प्रभावकारी बनाउन कोरोना १९ क्रासिस म्यानेजमेन्ट टिम बनाएको छ। 

सरकारले गर्नुपर्ने काम, सरकारले बनाएको संयन्त्रले गरेको निर्णय कार्यान्यवका लागि सो टास्क फोर्स बनाएको हो।

आइतबार बसेको मन्त्रीपरिषदको बैठक संयोजकमा उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल, सदस्यहरुमा अर्थमन्त्री, स्वास्थ्यमन्त्री, उद्योगमन्त्री र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहने गरि टिम बनाएको हो। 

यो टिममा सुरक्षा अंगका प्रमुखहरु पनि रहने व्यवस्था गरिएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी गराए। 

यो टिमले सरकारले जारी गरेका आदेश र निर्णय पालना गराउने, शान्ति सुरक्षा कायम गर्ने र संक्रमण रोक्न भूमिका खेल्ने मन्त्री खतिवडाले बताए। 

प्रकाशित मिति: : 2020-03-29 22:04:30

प्रतिकृया दिनुहोस्