स्थानीय तहले आफ्नो क्षमता देखाउने र औचित्य पुष्टि गर्ने बेला यही हो : परराष्ट्रमन्त्री ज्ञवाली

नेपालन्यूज

काठमाडौँ

विश्वका अधिकांश सरकार र नागरिक विश्वका प्रायः सबै मुलुकमा फैलिइरहेको कोरोना सङ्‍क्रमणको रोकथाम र नियन्त्रणका लागि यतिबेला हातेमालो गरिरहेका छन्। सङ्‍क्रमण रोक्न नेपाल सरकारले स्वास्थ्य सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राख यही चैत ११ गतेदेखि ‘लकडाउन’ अर्थात् सबैजनालाई घरमै सीमित राख्ने जारी राखेको छ। यसैबीच सरकारले चीनबाट स्वास्थ्य उपकरण र सामग्री ल्याएको छ भने विश्वभर छरिएर रहेका नेपालीको स्वास्थ्यस्थितिबारे नियमित जानकारी लिई नागरिकप्रतिको राज्यको भूमिका निर्वाह गर्ने प्रयास जारी राखेको छ।

यस सङ्‍क्रमणले विश्वव्यवस्थाको राजनीति, आर्थिक र सामाजिक क्षेत्रलाई निकै प्रभावित गरेको छ र शक्ति सन्तुलनमा पनि हेरफेर ल्याउने सम्भावना पनि देखिएको छ। प्रजातान्त्रिक राजनीतिक प्रणालीको लामो अभ्यास गरिआएका, शक्ति, स्रोत र साधनसम्पन्न मुलुकहरू र तिनका स्वास्थ्य प्रणाली पनि यसको प्रकोपका सामु निरीहजस्तै हुन पुगेका छन्। अहिलेसम्म सङ्‍क्रमितको संख्या तुलनात्मक रुपमा अति न्यून देखिए पनि नेपालका सामु कोरोना सङ्‍क्रमणसँग लडेर विजय हासिल गर्नमा थुप्रै राजनीतिक, आर्थिक, प्राविधिक चुनौतीहरू विद्यमान छन्।

प्रकाशित मिति: : 2020-03-30 16:44:59

प्रतिकृया दिनुहोस्