भारतमा अलपत्र परेका ५ सय ५७ नेपालीलाई भारतले क्वारेन्टाइनमा राख्ने

श्याम भट्ट

कञ्चनपुर

नेपालको सुदूरपश्चिमको अन्तिम भारतीय नाका धार्चुलामा फसेका ५ सय ५७ नेपालीलाई भारतीय सरकारले क्वारेन्टाइनमा राख्ने भएको छ। 

आफ्नो देशमा फर्किन पाउनु पर्ने मागसहित तीन दिनदेखि आन्दोलनरत नेपालीलाई भारतले दुबै देशबीच अर्को सहमति नहुँदासम्म भारतीय क्षेत्रमा तीन ठाउँमा क्वारेन्टाइनमा राख्ने भएको हो। भारतको धार्चुला प्रशासनले महाकाली नदी किनारमा रहेको गौशाला भवन र फायरब्रिगेडको गल्लीमा रहेको नयाँ भवनमा राख्ने बताएको छ। 

भारतले पटकपटक आफ्नो देश लैजान नेपाली पक्षलाई आग्रह गर्दा पनि नलगेको आरोप लगाएको छ। भारतमा दैनिक ज्याला मजदुरीमा गएका नेपालीहरू विश्वव्यापी कोरोना भाइरसको संक्रमणका कारण २१ दिन भारत बन्द भएपछि देश फर्किने क्रम जारी छ। गत सातादेखि हजारौंको संख्यामा नेपाल प्रवेश गरिसकेका नेपालीलाई हाल धार्चुला नाकामा रोकेर राखिएको छ। 

नेपालीहरूले आफ्नो देश जान पाउनुपर्ने माग राख्दै विगत दुई दिनदेखि नेपाल सरकारविरुद्ध नाराबाजी गर्दै आइरहेका छन्।

भारतको विभिन्न शहरबाट दुई तीन दिन पैदल हिडेर दार्चुलाको भारतीय नाकामा आइपुगेका नेपालीहरुले केही दिनदेखि राम्रोसँग खान पनि पाएका छैनन्। राम्रोसँग सुत्न पनि नपाएका उनीहरूले आफ्नै देशका सरकारविरूद्ध गुनासो गरेका छन्। 

यस्तै नाका नखुलेर महाकाली नदीमा हाम्फाल्दै जोखिम मोल्दै नेपाल प्रवेश गरेका ३ जनालाई पक्राउ गरेको प्रहरीले सम्बन्धित पालिकाको क्वारेन्टाइनमा १४ दिन राख्ने सर्तमा जिम्मा लगाएको छ। 

याे पनि
भारतबाट झाेला झुम्टा बाेकेर देश प्रवेश गर्दै सुदूरपश्चिमेली (फाेटाे फिचर)

कालीपारी नेपालमा कोरोना त्रास र घर फर्किनेकाे आश

 

धार्चुला नाकामा राेकिएका नेपालीले भने– कि देशभित्र छिर्न देउ, कि गाेली ठाेक! (भिडियो)

धार्चुला नाकामा ‘आफ्नो जनता फिर्ता ले’ भन्दै दुई दिनदेखि नेपाल सरकारविरूद्ध नाराबाजी

प्रकाशित मिति: : 2020-03-30 21:13:02

प्रतिकृया दिनुहोस्