वीरगञ्ज–रक्सौल नाकाको मितेरी पुलमा हवाई फायर

वीरगञ्ज–रक्सौल नाकाको मितेरी पुलमा गोली चलेको छ। अलपत्र परेको सयौंको संख्यामा भारतीय नागरिकलाई लखेट्न भारतीय प्रहरीले गोली चलाएको हो।

साँझ साढे ५ बजेतिर भारतीय प्रहरीले दुई राउन्ड हवाई फायर गरी अलपत्र परेका भारतीयलाई लखेट्को छ। हवाई फायरपछि मितेरी पुलमा भगाभाग चलेको थियो।

बिहार र उत्तर प्रदेशका विभिन्न ठाउँबाट नेपालका विभिन्न ठाउँमा काम गर्दै आएका भारतीयहरु रक्सौल–वीरगंजको दशगजा क्षेत्र मानिने मितेरी पुल आसपासमा उनीहरु अलपत्र छन्। 

नेपालको काठमाडौं पोखरा, भरतपुर, हेटौडा, वीरगंजलगायत क्षेत्रमा मेहनत मजदुरीको काम गर्दै आएका भारतीयहरु घर फर्किने क्रममा लकडाउनले फसेका हुन्।

भारतीयहरुसँग भारतीय भएको प्रमाणपत्र अधार कार्ड भएता पनि उनीहरुलाई प्रवेश गर्न दिइएको छैन।

प्रकाशित मिति: : 2020-03-30 21:15:26

प्रतिकृया दिनुहोस्