भुटानमा पनि ‘लकडाउन’ को अवधि लम्ब्याइयो

भुटानमा लकडाउनको अवधि बढाएर २१ दिने बनाइएको छ । सोमवार घोषणा गरेको २१ दिने लकडाउन मंगलवारदेखी लागू हुने भएको छ।

भुटानका प्रधानमन्त्रीको आधिकारीक ट्वीटर एकाउन्टमा सरकारले २१ दिने लकडाउन गर्ने निर्णय गरेको उल्लेख छ । उच्च सर्तकताका लागि लकडाउन अत्यावश्यक वाध्यता बनेको प्रधानमन्त्रीको भनाइ छ । 

भूपरिवेष्ठित मुलुक भुटानमा कोरोना भाइरसको सङ्क्रमण थप बढ्ने सम्भावनालाई मध्यनजर गर्दै  २१ दिने लकडाउन घोषणा गरिएको हो ।

भुटानमा सोमवारसम्म चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । अमेरिकाको जोन्स हकिन्स विश्वविद्यालयका अनुसार सबैभन्दा पहिलो बिरामी मार्च ५ मा भेटिएका थिए । ती व्यक्ति अमेरिकाका ७६ वर्षीय पर्यटक थिए ।  उनी भारतको आसामको समेत भ्रमण गरेर भुटान आएका थिए । 
 

प्रकाशित मिति: : 2020-03-30 23:05:12

प्रतिकृया दिनुहोस्