पर्साको पकहामैनपुरमा क्वारेन्टाइन

बिएल संवाददाता

काठमाडाै‌ं

पर्साको पकहामैनपुर गाउँपालिकाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सोमबारदेखि १० बेडको क्वारेन्टाइन संचालनमा ल्याएको छ।

पकहामैनपुर गाउँपालिका अन्तरगत रहेको श्री राम चरित्र भगत माध्यमिक विद्यालयको दोस्रो तल्लामा १० बेडको क्वारेन्टाइन संचालनमा ल्याइएको हो । भारतको केरलाबाट आएका २ जनालाई क्वारेन्टाइनमा आजदेखि राखेर नियमित चेकजाँचसमेत भइरहेको गाउँपालिका अध्यक्ष विजय कुमार चौरसियाले जानकारी दिए। 

‘अहिले हामीले पकहामैनपुर ३ का आकाश साह र सन्तोष साहलाई क्वारेन्टाइनमा राखेर नियमित चेकजाँच गरिरहेका छौं,’उनले भने,‘ उनीहरुलाई खानपिनको व्यवस्था हामीले नै मिलाएको छौं ।’

 गाउँपालिकाले मजदुरीको सिलसिलामा भारतलगायत खाडी मुलुकबाट फर्किने व्यक्तिहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखेर स्वास्थ्य परिक्षण गरिने उनले जानकारी दिए। यस्तै तथा कोरोनाको शंका लागेमा वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेशनमा पठाइने व्यवस्था गरिएको अध्यक्ष चौरसियाले जानकारी दिए।
 

प्रकाशित मिति: : 2020-03-30 23:17:39

प्रतिकृया दिनुहोस्