आफ्नै घरको कौसीमा झुण्डिएर आत्महत्या

बिएल संवाददाता

काठमाडाै‌ं

काठमाडौंमा एक महिलाद्वारा आत्महत्या गरेकी छन् । काठमाडौ‌ं महानगरपालिका १० बुद्धनगरमा रहेको आफ्नै घरमा झुण्डिएर अन्दाजी ४५ वर्षकी ती महिलाले सोमबार दिउँसो आत्महत्या गरेकी हुन् ।

आफ्नै घरको कौसीमा झुण्डिएको अवस्थामा छिमेकीले देखेपछि प्रहरीलाई खबर गरेका थिए। 

महानगरीय प्रहरी वृत बानेश्वरका प्रमुख डीएसपी दुर्गा रेग्मीका अनुसार मृतक महिलामा डिप्रेसनको समस्या थियो। उनी एक्लै बस्दै आएकी थिइन्। 

आत्‍महत्या गर्नुको कारण खुल्न नसकेको उनले बताइन्। प्रहरीले यस सम्बन्धमा अनुसन्धान थालेको छ ।

प्रकाशित मिति: : 2020-03-31 08:51:29

प्रतिकृया दिनुहोस्