कोरोनाविरूद्ध लड्न बेलायती युवराज विलियम्स जागिरमा फर्किए

बेलायतमा कोरोना भाइरस संक्रमण द्रुतगतिमा फैलिन थालेपछि युवराज विलियम्स आफ्नो पुरानो काममा फर्किएका छन्। 

उनले कोरोना भाइरसविरूद्धको लडाईंमा आफ्ना जनतालाई सुरक्षा दिन ‘एयर एम्बुलेन्स’ पाइलटको भूमिका निर्वाह गर्न लागेका हुन्। ‘द ड्युक अफ क्याम्ब्रिज, ३७ वर्षीय युवराजले दुई वर्ष मेडिकल पाइलटको काम गरेका थिए। उनले २०१७ मा यो कामबाट विश्राम लिएका हुन्। 

युवराज विलियम्सले कोरोना भाइरसको लडाईंमा अंग्रमोर्चामा रहेर आफू ‘एयर एम्बुलेन्स’ को काममा फर्किन चाहेको बताए। २०१७ को जुनमा विश्राम लिनुअघि उनी इस्ट एंग्लियन एयर एम्बुलेन्सको शाही सर्भिसमा संलग्न थिए। ‘युवराजलाई देशको सम्पूर्ण अवस्थाको विषयमा जानकारी छ र उहाँ दुःखको यस घडीमा आफ्ना नागरिकका लागि केही सहयोग पुगोस् भनेर काममा फर्किन लाग्नु भएको हो,’ दरबार श्रोतले भन्यो, ‘अझ पिता चार्ल्स यसबाट प्रभावित भएपछि उहाँ झन् बढी आतुर देखिनु भएको छ।’

बेलायतमा कोरोना भाइरसविरूद्ध लड्न २० हजार राष्ट्रिय स्वास्थ्य विभागका पूर्व कर्मचारी काममा फर्किएका छन्। 
 

प्रकाशित मिति: : 2020-03-31 09:04:34

प्रतिकृया दिनुहोस्