लकडाउनमा विराज महर्जनः घरमै व्यायाम, साउथ इन्डियन फिल्म हेर्दै टाइमपास

नेपालन्यूज

काठमाडौं

अजय फुयाँल

सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लबका कप्तान विराज महर्जनलाई केही हप्ता अघिसम्म पनि भ्याइनभ्याइ थियो। काठमाडौंमा शीर्ष डिभिजनको लिग जितेको खुसी राम्ररी मनाउन नपाउँदै मोफसलको सिजनमा विराज र उनका सहयात्रीहरु व्यस्त हुनुपर्यो।

मछिन्द्रलाई इतिहासमै पहिलो पटक लिग च्याम्पियन बनाएपछि विराजहरुको यात्रा पूर्वी नेपालतिर लाग्यो। प्रदेश १ को यात्रामा पनि मछिन्द्रले दुईवटा उपाधि थप्यो। झापामा ए डिभिजन लिगको प्रतिद्वन्द्वी थ्री स्टार क्लबमाथि फाइनलमा १–० को जित हासिल गर्दै शिवसतासी झिलझिले गोल्डकप उपाधि जितेको विराजको मछिन्द्र इलामको माइभ्याली गोल्डकपमा पनि च्याम्पियन बन्यो। माइभ्यालीमा मछिन्द्रले स्थानीय टोलीलाई फाइनलमा १–० कै नतिजामा निराश पारेको थियो।

प्रकाशित मिति: : 2020-04-01 08:28:03

प्रतिकृया दिनुहोस्