तुइनबाट महाकाली तरेका नेपाली समातिए, २० जना हुतीको क्वारेन्टाइनमा

श्याम भट्ट

कञ्चनपुर

आफ्नो देश फर्किन पाउनु पर्ने नारा लगाउँदै विगत चारदिनदेखि नेपालको सुदूरपश्मिको अन्तिम नाका दार्चुलाको भारतस्थित धार्चुलामा अलपत्र परेका ७ सय नेपालीले देश प्रवेश गर्ने वैकल्पिक उपाय खोज्न थालेका छन्। 

शनिबारदेखि धार्चुलामा फसेका नेपालीहरूको भारतको विभिन्न शहरबाट जम्मा हुने क्रम बढ्दो छ भने ‘लकडाउन’ को अवस्थामा नेपालतर्फको नाका बन्द छ। पछिल्लो समय शुक्रबार नाका खुलेको थियो। 

हाल नेपालीहरूलाई भारतीय प्रशासनको रोहवरमा पाँच वटा क्वारेन्टाइनमा राखेर खाना र बस्ने व्यवस्था गरिएको छ। 

तर, कोरोना भाइरसको त्रासमा भारतको विभिन्न शहरबाट २–३ दिन हिडेर नाका पुगेका नेपालीहरू आफ्नो देश फर्किन पाउनु पर्ने भन्दै नारा लगाइरहेका छन्। 
यसैबीच नेपाली नाका तत्काल नखुल्ने देखेपछि महाकाली नदिको उच्च जोखिम मोलेर ५ जना नेपाली नदी तर्दै नेपाल प्रवेश गरेका थिए। उनीहरूलाई प्रहरीले पक्राउ गरेर क्वारेन्टाइनमा राखेको छ। 

यस्तै, मंगलबार राती धार्चुलाको एलागाडदेखि तुइनबाट नदी तरेका ३० नेपालीलाई प्रहरीले नियन्त्रण लिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए। नदी तरेर ब्यासको हुति पुगेका २० जनालाई हुति क्वारेन्टाइनमा राखिएको छ। यस्तै, ३ जनालाई दत्तुजम्मन र ७ जनालाई खलंगामा राखिएको छ। 

याे पनि:

बीबीसीका पत्रकार पनि काेराेना भाइरसकाे शिकार

वीरगञ्जकी मुस्कानमाथि एसिड प्रहार गर्ने समसाद मिया साधारण तारेखमा रिहा

दाहसंस्कारमा ‘नो डिस्काउन्ट’

नेपाली दूतावास लण्डन सातै दिन खुल्ने

दिल्ली दूतावासको हर्कत र नेपालीहरुको चहाना
  

प्रकाशित मिति: : 2020-04-01 10:47:13

प्रतिकृया दिनुहोस्