नेपालमा ल्याइएकाे 'र्‍यापिड टेष्ट किट' युरोप, अमेरिकाले पनि प्रयाेग गरिरहेका छन्: स्वास्थ्य मन्त्रालय

बिएल संवाददाता

काठमाडाै‌ं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले र्‍यापिड टेष्ट किटको विषयमा विभिन्न सञ्चार माध्ययममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको बताएको छ।

बुधबार विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्कीको हस्ताक्षरमा विज्ञप्ति सार्वजनिक गर्दै मन्त्रालयले र्‍यापिड टेष्ट किटको विषयमा ध्यानाकर्षण भएको बताएको हो। 

मन्त्रालयले उक्त किटको गुणस्तर मापन भएपछि मात्र प्रयोग हुने प्रष्ट पारेको छ। ‘सरकारले ल्याएको र्‍यापिड टेष्ट किटको गुणस्तर निक्यौल गरेपछि मात्रै प्रयोग हुने बताएको छ। विज्ञप्तिमा भनिएको छ, ‘अनाधिकृत स्रोतबाट बजारमा वितरण तथा प्रयोग भइरहेको जनगुनासो आउने बित्तिकै यस्तो नगर्न आग्रह गरिएको हो।’ 

यसको गुणस्तर जाँच्न नेपाल स्वास्थ्य अनुसन्धान परिषदलाई अनुरोध गरिसकिएकोसमेत मन्त्रालयले प्रष्ट पारेको छ। 

‘चीनबाट खरिद गरी ल्याएको र्‍यापिड टेष्ट किट चीन सरकारले प्रमाणित गरेको किट हो’, विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा महामारी फैलिहाले र एकैपटक हजारौँ टेष्ट गर्नुपरेको अवस्थामा पिसिआर मेसिनले धान्न नसक्ने भएकोले र्‍यापिड टेष्ट किट प्रयोग गरी स्क्रिनिङ गर्ने र शंकास्पदको पिसिआर प्रविधिबाटै जाँच गरी निक्र्यौल गर्ने अन्तर्राष्ट्रिय मान्यता अनुसार पूर्वतयारी गर्न खोजिएको हो।’ 

विज्ञप्तिमा अहिले युरोप, अमेरिकाले पनि यही विधिमार्फत् परीक्षण गरेको दाबी मन्त्रालयले गरेको छ।
 

प्रकाशित मिति: : 2020-04-01 15:56:56

प्रतिकृया दिनुहोस्