लकडाउन उल्लघंन गर्दै वीरगञ्ज पुगेका १६८ जनालाई क्वारेन्टाइनमा राखियाे

सरकारले जारी गरेको लकडाउन उल्लघंन गरेको आरोपमा पक्राउ परेका  सय ५२ जना मध्ये १६८ लाई क्वारेन्टाइन राखिएको छ।

लकडाउनको समयमा देशका विभिन्न जिल्लाहरुबाट भारतीय तथा पर्सा आसपासका केही नागरिक पैदल तथा अन्य साना सवारी साधनको माध्यमबाट लुकिछिपि आ–आफ्नो गन्तव्यतर्फ जान लागेका अवस्थामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले म‌ंगलबार राती पक्राउ गरेका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको हो।

नियन्त्रणमा लिइएको ३ सय ५२ जना मध्ये १६८ लाई ठाकुरराम क्याम्परको क्वारेन्टाइन मै राखिएको र बाँकीलाई सम्बन्धित जिल्लामा पठाइएको पर्सा प्रहरीले जनाएको छ । 

वृर्तका प्रहरी निरीक्षक निर्मल पनेरुका अनुसार १६८ जना भारतीय नागरिक रहेकाले क्वारेन्टाइनमा राख्नु परेको र बाँकी बारा पर्सा रौतहटलगायत चितवनका नेपाली भएका हुनाले उनीहरुलाई हिजो राति नै सम्बन्धित जिल्लाको जिम्मा लगाइएको जानकारी दिए ।

प्रकाशित मिति: : 2020-04-02 08:55:32

प्रतिकृया दिनुहोस्