नेपालका दोस्रो र तेस्रो कोरोना संक्रमितको दोस्रो रिपोर्ट पनि ‘पोजेटिभ’

बिएल संवाददाता

काठमाडाै‌ं

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि ‘‘पोजेटिभ’’ आएको छ।

नेपालका दोस्रो र तेस्रो कोरोना संक्रमित बिरामीको मंगलबार थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो। दोस्रो रिपोर्ट नेगेटिभ आए उनीहरुलाई डिस्चार्ज गर्ने तयारी थियो।

तर बुधबार रिपोर्ट ‘पोजेटिभ’ आएपछि अब दुई दिनपछि फेरि नमुना संकलन गरेर परीक्षण गरिने टेकु अस्पतालका स्रोतले बताएको छ। ‘अब दुई दिनपछि फेरि नमुना संकलन गरेर परीक्षण गरिने छौं,’स्रोतले बिएल नेपाली सेवालाई भन्यो,‘उहाँहरु दुवैको स्वास्थ्य अवस्था सामान्य छ,केही त्यस्ता साइड इफेक्ट देखिएको छैन।’

४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै आएकी १९ वर्षीय युवतीमा चैत १० गते र ६ चैतमा यूएईबाट आएका धादिङका ३४ वर्षीय युवकको चैत १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो।


 

प्रकाशित मिति: : 2020-04-02 12:41:03

प्रतिकृया दिनुहोस्