कोभिड–१९ ले मानवता फर्काउला ?

जनकप्रसाद पाण्डे

३० डिसेम्वर २०१९ मा चीनको हुवेई प्रान्तको उहान सेन्ट्रल हस्पिटलमा मानव ईतिहांसको १०० वर्ष यताको खतरनाक मानव विरोधी भाईरसको संक्रमणमा परेका विरामीहरुको उपचार भईरहेको थियो। यसबारेमा दुनियाँ बेखबर थियो। ३० डिसेम्वरको एका विहानै उहान सेन्ट्रल हस्पिटलमा कार्यरत ३४ वर्षे डाक्टर उनलियानले वीच्याट मार्फत आफना साथीसँग उक्त भाईरस सम्वन्धी कुराकानी शेयर गरेका थिए। वीच्याटमा गरिएको कुराकानी सार्वजनिक भयो। र, कोभिड १९ बारे विश्व जानकार त भयो।

तर, गम्भिर भएन। हुवेइ प्रान्तको उहान शहरको नजिकै रहेको फिस मार्केटबाट जनावरको मासु खाएका ७ जना मानिसहरुमा रोग देखिएको र संक्रमितहरुको उपचार भईरहेको समाचार प्रकाशित हुँदा चीनमा सन्नाटा मच्चिईसकेको थियो। बाँकी विश्व गम्भिर बन्न सकेन मानौ त्यो समस्या चीनको मात्र थियो। यधपी, चीनमा संन्नाटा मचिदा पनि चीनले घटनालाई सामान्यीकरण गर्‍यो। जसको उदाहरण डाक्टर उनलियान लगायतको मेडिकल टीमलाई लिखित रुपमा चिनियाँ सरकारले स्पष्टिकरण लियो।

प्रकाशित मिति: : 2020-04-02 14:12:13

प्रतिकृया दिनुहोस्