कहाँ छन् भारतबाट फर्किएका सुदूरपश्चिमका १ लाख ४२ हजार नागरिक?

२३ सयभन्दा बढी क्वारेन्टाइनमा

जब भारतमा कोरोना भाइरसकाे रिपाेर्ट पोजेटिभ आउन थाल्याे त्यही बेलादेखि नेपाल प्रवेश गर्ने नेपालीहरुकाे सीमामा पनि भीड बढ्न थाल्याे। सुदूरपश्चिमका सीमा नाकामा नेपालीहरुकाे भीड लागेका भिडियो पनि सार्वजनिक भयो। काेराेना संक्रमणबाट जाेगिन सरकारले लकडाउनकाे घाेषणा गर्‍याे।

लकडानपछि पनि सुदूर तथा मध्यपश्चिमका सीमा नाकाबाट राेजगारीका लागि भारत गएका कामदार आउने क्रम रोकिएन। सुदूरपश्चिकै सीमा नाकामा लकडाउनकै अवधिमा २ पटक खोलियाे। त्योबेला सुदूरपश्चिम प्रदेशमा चिकित्सक तथा स्वास्थ्यकर्मी, नागरिक अगुवालगायतले छिमेकी मुलुक भारतमा कोरोना भाइरसको प्रभावबारे बारम्बार सतर्कता अपनाउन आग्रह  गरिरहे।

विभिन्न अस्पतालका चिकित्सकले स्थानीय सञ्चारमाध्यममार्फत् पटक–पटक सम्बन्धित निकायलाई आग्रह गर्दै भने, ‘कोरोनाको संक्रमण थप फैलिन नदिन आंशिक रुपमै भएपनि सीमानाकाबाट हुने आवागमन रोकौँ। भारतबाट फर्किने व्यक्तिलाई अनिवार्य क्वारेन्टाइनमा राखौँ।’ तर, चिकित्सकहरुको आग्रह न धनगढीमै रहेको प्रदेश सरकारका मुख्यमन्त्रीले सुने, न मन्त्री, स्थानीय तहका जनप्रतिनिधि, न त प्रमुख जिल्ला अधिकारीहरुले नै सुने।

प्रकाशित मिति: : 2020-04-04 22:22:41

प्रतिकृया दिनुहोस्