इटालीयन प्रधानमन्त्री कोन्टेका सुरक्षाकर्मीको कोरोनाबाट मृत्यु

इटालीका प्रधानमन्त्री गिसेप्पे कोन्टेका सुरक्षाकर्मीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। इटालीको प्रहरी बलले यस घटनालाई शनिबार सार्वजनिक गरेको हो।

प्रहरी अधिकृतको रुपमा प्रधानमन्त्रीको सुरक्षामा खटिएका जर्जिओ गेस्टामाचियाको मृत्यु भएको हो। जर्जिओ ५२ वर्षका थिए।उनलाई यही मार्च २१ म कोरोना संक्रमण भएको पुष्टि भएको थियो। तर दुई सातासम्म प्रधानमन्त्री कोन्टेसँग सम्पर्कमा थिएनन्।

५५ वर्षीय प्रधानमन्त्री कोन्टेको पनि कोरोना परीक्षण गरिएको थियो। तर नेगेटिभ रिपोर्ट आएको थियो। प्रधानमन्त्रीका सुरक्षाकर्मीको मृत्यु भएपछि इटालीको प्रहरीले विज्ञप्ति निकाल्दै घटनाप्रति दुख व्यक्त गरेको छ। इटालीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या सबैभन्दा धेरै १५ हजार नाघिसकेको छ।

विश्वभर ११ लाख ९९ हजार पाँच सय ८३ जनामा संक्रमण पुष्टि भएको छ। आठ लाख ८८ हजार सात सय ४७ जनाको उपचार भइरहेको छ। ६४ हजार ६ सय ६२ जनाको भने ज्यान गएको छ।

यस्तै झण्डै साढे दुई लाख कोरोना संक्रमित उपचारपछि निको भएका छन्।

२ सय ५ देश र दुई अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको कोरोना भाइरस संक्रमणमा कारण झण्डै १२ लाख मानिस बिरामी भएकामा दुई लाख ४६ हजार एक सय ७४ जना उपचारपछि निको भएका हुन्।

 

प्रकाशित मिति: : 2020-04-05 08:04:28

प्रतिकृया दिनुहोस्