कोरोना संक्रमण तेस्रो चरणमा प्रवेश गर्नबाट रोक्न जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डेका ६ सुझाव

उच्चतम नैतिक तथा नेतृत्व क्षमता भएको व्यक्तिलाई स्वास्थ्य मन्त्रालयको नेतृत्व दिनु जरुरी

जनस्वास्थ्यविज्ञ डा. रविन्द्र पाण्डेले नेपाल कोरोना भाइरस संक्रमणको दोस्रो चरणमा प्रवेश गरिसकेको र तेस्रो चरणमा पुग्नबाट रोक्न छ बुँदे उपाय अघि सारेका छन् । 

हरेक दिन सामाजिक सञ्जाल फेसबुकबाट कोरोनाविरुद्ध सचेतना सन्देश जारी गर्दै आएका उनले आइतबार यस्तो उपाय अघि सारेका हुन् । 

सरकारले अधिकतम शक्ति लगाएर तेस्रो चरणमा पुग्न दिन नहुने उपाय सुझाउने उनले सबैभन्दा पहिला स्वास्थ्य मन्त्रालयको वर्तमान विवादित स्वास्थ्य मन्त्रालयको नेतृत्व तथा औषधि उपकरण खरिद पत्रमा हस्ताक्षर गरेका पदाधिकारीलाई पदमुक्त गरेर उच्चतम नैतिक तथा नेतृत्व क्षमता भएको व्यक्तिलाई स्वास्थ्य मन्त्रालयको नेतृत्व दिनु जरुरी रहे
को बताएका छन् । 

यस्तो छ उनको छ बुँदे सुझाव 

नेपाल कोभिड (१९ को दोस्रो चरणमा प्रवेश गरेको छ अर्थात बाहिरबाट आएको संक्रमित व्यक्तिबाट स्थानीय व्यक्तिलाई यो रोग सरेको प्रमाणित भएको छ । नेपाल सरकारले आफ्नो अधिकतम शक्ति लगाएर तेस्रो चरणमा पुग्नबाट रोक्न सक्नुपर्दछ। यसका लागि-

१. वर्तमान विवादित स्वास्थ्य मन्त्रालयको नेतृत्व तथा औषधि उपकरण खरिद पत्रमा हस्ताक्षर गरेका पदाधिकारीलाई पदमुक्त गरेर उच्चतम नैतिक तथा नेतृत्व क्षमता भएको व्यक्तिलाई स्वास्थ्य मन्त्रालयको नेतृत्व दिनु जरुरी छ। नेतृत्व र उसको सहयोगी टिम २० घण्टा काम गर्न सक्ने, निर्लोभी तथा राष्ट्र र जनताप्रति उच्च दायित्ववोध भएको समूह निर्माण गर्नुपर्दछ ।

२. कोरोना संक्रमण उच्चस्तरीय समितिलाई पुनर्गठन गरेर विभिन्न क्षेत्रका ‘थिंक ट्यांक‘ विज्ञहरुलाई समावेश गर्नु आवश्यक छ ।

३. सशस्त्र प्रहरीलाई सिमा गस्तीमा परिचालन गरेर आवतजावत नियन्त्रण गर्नुपर्दछ ।

४. लकडाउनलाई कर्फ्युको स्तरमा कसिलो बनाउनुपर्दछ ।

५. शंकास्पद व्यक्तिको खोजी, परीक्षण, क्वारेन्टाइन र आइसोलेसनको दायरालाई ब्यापक रुपमा बढाउनु पर्दछ ।

६. गाउँगाउँमा माइकिंग गरेर जनचेतना फैलाउनु पर्दछ ।

प्रकाशित मिति: : 2020-04-05 10:20:42

प्रतिकृया दिनुहोस्